काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि भारतको इशारामा चीनसँग सीमा विवाद रहेको जबर्जस्ती देखाउनका लागि अहोरात्र लागिरहेका छन् । तर तथ्यहरुले चीनसँग सीमा विवाद वीपी कोइराला प्रधानमन्त्री हुँदै सल्टिसकेको पुष्टि गरेका छन् ।
निधिहरुले जबर्जस्ती चीनसँग सीमा विवाद छ भने पनि बुधबार परराष्ट्र मन्त्रालयले चीनसँग कुनै सीमा समस्या नरहेको बताएको छ । चीनबाट पनि नेपाली भूमि मिचिएकोबारे समाचारहरु बाहिरिएपछि मन्त्रालयले बुधबार विज्ञप्ति नै निकालेर चीनबाट सीमा मिचिएको कुरामा सत्यता नभएको बताएको छ ।
नेपाल–चीन सीमामा हराएका भनिएका ३७ र ३८ नम्बरका बाउन्ड्री मार्करहरु वास्तवमा बनाउँदै नबनाइएको मन्त्रालयको दाबी छ ।
त्यहाँको प्राकृतिक अवस्थाका कारण दुवै मुलुकको सहमतिमा ती मार्करहरु तयार नै नगरिएको परराष्ट्रको भनाइ छ ।
‘दुई मुलुकबीच कुनै समस्या आइपरेको खण्डमा पनि नेपाल सरकारले दुवै तर्फका सम्बन्धित अधिकारीहरुसँगको आपसी परामर्शमा ती विषयलाई सुल्झाउँछ,’ परराष्ट्रले बिहीबार जारी गरेको वक्तव्यमा भनेको छ ।नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।
कृषि मन्त्रालयले बिहीबार नै विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा आधार बनाइएको प्रतिवेदन मन्त्रालयबाट प्रकाशित नै नभएको बताएको छ ।
‘उक्त समाचारको आधार बनाइएको प्रतिवेदन यस मन्त्रालयबाट प्रकाशित नै नभएको र सोसम्बन्धी विषय मन्त्रालयको कार्य क्षेत्र समेत नभएकाले उक्त समाचारमा कुनै सत्यता नरहेको सम्बन्धित सबैमा जानकारी गराइन्छ’ सचिव राजेन्द्रप्रसाद भारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend