Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ लडाकु जहाज आफ्नो भूभागमा प्रवेश गरेको ताइवानको आरोप


    बिहिबार, पुष २९ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । ताइवानले आफ्नो भूमिमा पाँच चिनियाँ सैनिक विमान बुधबार प्रवेश गरेको दाबी गरेको छ । ताइवानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जनवरी महिनामा मात्र अहिलेसम्म ९ पटक यस्तो भएको छ । 

    समाचार एजेन्सी एएनआईले ताइवानको नेशनल डिफेन्स मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी दिएको हो । 

    यी पाँच सैनिक विमान मध्ये चार पिपुल्स लिबरेशन आर्मी एयर फोर्सको शेनयांग जे-१६ लडाकु विमान थिए भने एक शांक्सी वाई-८ एन्टी-सबमरीन लडाकु विमान रहेको समाचारमा जनाइएको छ। 

    बीबीसीका अनुसार यी पाँचै विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनको दक्षिण पश्चिमी भूभागबाट आएका थिए । त्यपछि त्यसको प्रतिकारमा आफूहरुले रेडियो सन्देश जारी गरेको र विमान पत्ता लगाउका लागि एयर डिफेन्स मिसाइल सिस्टमलाई तैनाथ गरेको ताइवानले बताएको छ। 

    चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार