Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अखिल नेता रानाद्वारा जन्मदिनको अवसरमा एकल महिलालाई राहत वितरण


    बुधबार, पुष २८ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बैतडीका नेता सन्तोश राना क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा एकल महिलालाई राहत सामग्री बितरण गरेक  छन् ।

    आफूले जन्मदिन मनाउने खर्च कटौती गर्दै उनले पाटन नगरपालिका ९ धारापानी बस्ने हरिना लुहारको परिवारलाई राहत सामग्री बितरण गरेका हुन् ।

    युवा नेता रानाले भने,‘मलाई दुःख पीडामा परेका मान्छेहरु देखेर सहयोग गर्न मन लाग्छ । त्यसैले जन्मदिन मनाउनमा अन्य खर्च नगरेर उहाँलाई सानो सहयोग गरेको हुँ ।’

    अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका रानाले एकल महिला लुहारलाई खाद्यान्न र कम्बल बितरण  गरेका हुन् । राना यसअघि समेत बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

    राहत प्राप्त गर्ने एकल महिला लहुारले राना प्रति आभार व्यक्त गरिन् ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार