Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४९८ संक्रमित


    बुधबार, पुष २८ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् ।

    आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार