Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी


    बुधबार, पुष २८ २०७८
    3.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ। प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ। यसपालि यो पर्व शनिबार परेको छ।

    थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितको जोहोमा लागेका छन् । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारू बस्तीलाई पर्वको चहलपहलले तताएको छ। छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकका इष्टमित्र पर्वमा डाक्ने थारू जातिको परम्परा छ । भङ्गाहा नगरपालिका–७ मेघरोलकी नगिना सिंह थारू पर्वका लागि आवश्यक बस्तु जुटाउने चटारो बढेको बताउँछन्।

    बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदाय पनि माघेसङ्क्रान्तिको तयारीमा जुटेको छ। मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा निम्तो दिने चलन छ। बर्दिवास र गौशालामा मगर समुदायको बाक्लो बसोबास छ। बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुरमा थारूको बाहुल्यता छ ।

    बजारमा तील, सख्खर (मिठ्ठा), चिउरा र मुरी किनबेच बढेको छ ।  तील, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) भुटेर सख्खरको खुँदोमा  मिसाइ लाई (लड्डु) बनाइने परम्परा छ। गौशाला निगौल बस्तीकी रासवती थारूका अनुसार तील, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ खाने मैथिल परम्परा छ । बजारमा तील र सख्खरको मूल्य आकाशिएको छ । यसअघि प्रतिकिलो १५० देखि २०० सम्म  पाइने तील अहिले ३५० सम्ममा र सख्खर प्रतिकिलो १०० सम्ममा बिक्री भइरहेको छ । 

    उखु किसान पर्वलाई लक्षित गरी घरघरमा उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा (सख्खर)को माग र भाउ दुवै बढ्दा केही राहत भएको बताउँछन् । पर्वमा तील, चिउरा र मुरीलाई सख्खरमा मुछेर बनाइएको लड्डु विवाहिता छोरी/चेली, मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलन छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार