काठमाडाैं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका दुई जनालाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा बिचौलियाको आरोप लागेका रामकुमार सुवेदी र माधवी सुवेदीलाई मंगलबार रिहा गरेको हो ।
‘तत्काल मुद्दा नचल्ने अवस्थामा हिरासतमा राखिरहन नमिल्ने भएकाले सरकारी वकिलको सहमतिमा उनीहरूलाई रिहा गरिएको हो,’ ब्युरोका निर्देशक धिरजप्रताप सिंह भने।
उनीहरूलाई भनेको समयमा हाजिर हुने सर्तमा छोडिएको छ । बालुवाटार जग्गा प्रकरणमा सुवेदी दम्पतीलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गएको अनुसन्धानबाट पत्ता लागेको छ ।
त्यसमध्ये १४ रोपनी जग्गा सुवेदी दम्पतीको नाममा भेटिएको छ ।