Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवजात शिशु मृत अवस्थामा फेला


    बिहिबार, असार ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फेला परेको छ।

    सालनालसहित बेरिएको अवस्थामा बिहीबार शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

    बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार