काठमाडाैं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ३०० औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारअगाडिको पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सालिकमा ग्रेटर नेपालको नक्सा राखी पुष्पगुच्छा अर्पण गरेका थिए ।
अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले नेपालको पुन: एकीकरण गरेर मेचीपारिसम्म नेपालको सिमाना कायम गरेका हुँदा सम्मानस्वरूप उनको सालिकमा ग्रेटर नेपालको नक्सा राखिएको बताएका छन् ।
उनले मोर्चा सधैं पृथ्वीनारायण शाहको पदचिन्हमन हिँड्ने बताएका छन् । केही व्यक्तिले पृथ्वीनारायण शाहलाई नमान्ने भन्दैमा उनको महत्त्व कम नहुने भन्दै मोर्चाका उनले नेपाली भएर पृथ्वीनारायण शाहको आलोचना गर्नु भनेको आफ्नो नाक आफैले काट्नु हो भनेका छन् ।
अध्यक्ष नेपालले सालिकमा राखिएको ग्रेटर नेपालको नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्सुकतापूर्वक हेरेको दाबी पनि गरेका छन् ।