काठमाडौं । ऐन अनुसार स्थापित स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा प्रतिष्ठान ऐन ,नियम विपरीत स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले हस्तक्षेप गरी डा. गुणराज लोहनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाएका छन् । वीर अस्पतालको सुधारमा विगतदेखि नै मन्त्रालयमा रहेर नकारात्मक भूमिका खेलेको आरोप डा. लोहनीमाथि छ ।
विवादित छविका डा. लोहनीलाई पुस २५ गते वीरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निणर्य स्वास्थ्य मन्त्रालयले गरेको छ । पुस २५ मा निणर्य भए पनि उनलाई २७ गते वीर अस्पतालको प्रमुख प्रशासकीय प्रमुखमा नियुक्तिपत्र दिइएको छ ।
विगतमा स्वास्थ्य वीमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोशी अस्पताल लगायत निकायमा असफल र मेडिकल माफिया विशाल पण्डितसँग बिशेष समन्ध भएका डा.लोहनी पहिलेदेखि वीर अस्पताल बिरोधी रवैया देखाउने स्वास्थ्यका अधिकारीमा पर्दछन् । उनले स्वास्थ्य मन्त्रालयमा रहँदा न्याम्सको सुधारमा अवरोध गरेका थिए । उनले न्याम्सलाई स्वायत्त हुन नदिने, न्याम्स सेवा आयोग गठनमा अवरोध गर्न, सर्जिकल भवन संचालनमा बजेट माग गर्दा बजेट नदिएर भुत बगंला वनाएको, दुवाकोट परियोजना अगाडि बढ्न नदिने भूमिका खेलेको, वीर अस्पतालका कर्मचारीको तलव भत्ता पटक पटक रोक्ने ,समायोजन भएका कर्मचारीसँग आर्थिक कारोबार गर्ने, रमाना नदिने जस्तो हर्कत गरेको आरोप छ । उनका यस्ता हर्कतको बारेमा न्याम्स पदाधिकारीले नै बेलाबेलामा मन्त्रालयमा आवाज उठाउने गरेका छन् ।
अस्पतालका सम्पूर्ण कर्मचारी र संघ संगठनले विवादित र भष्ट चरित्रका डा. लोहनी को नियुक्तिप्रति असहमति र विरोध गरेका छन् । कर्मचारीवृत्तले वीर अस्पतालबाहिरबाट आउने प्रमुखलाई स्वीकार गर्न नसक्ने बताइसकेका छन् भने आन्दोलनको तयारी समेत गरेका छन् ।
सरकारले गत जेठमा न्याम्स ऐन विपरीत कोभिड १९ युनिफाइड अस्पताल स्थापना गरेको र न्याम्सबाट ओएनएम सर्वे भएर दरवन्दी सिर्जना हुनुपर्नेमा डा. लोहनी को स्वार्थमा वीर अस्पतालमा १२ औ तहको सहित ८३७ जना गैरकानुनी दरबन्दी सिर्जना गराएका थिए । डा.लोहनी १२ औ तहमा बढुवा भएपछि मन्त्रालयले वीर अस्पताल पठाउन खोजेको थियो तर अस्पताल बिरोधी छवि वनाएका र अस्पतालमा आर्थिक संकट छ भन्दै वीर आउन नचाहेका उनी अहिले आउनुमा रहस्य छ, उनको सेवा अवधि पाँच महिना मात्र बाँकी छ ।
गत साउनदेखि अस्पताल सुधारतर्फ उन्मुख छ । कर्मचारीले तलब भत्ता समयमै पाउन थालेको वीर अस्पताल सुधारोन्मुख भएकाले उनी पाँच महिना जागिर भए पनि आउने र विभिन्न खरिदमा कुस्त कमाउने दाउमा छन् । अस्पताल पूर्ण रूपमा सन्चालन रहेको, दैनिक दुई हजार ५ सय भन्दा बढी बिरामीले सेवा लिइरहेको, २४सै घन्टा पीसीआर परीक्षण हुँदै आएको, टिकट काट्ने डिजिटल प्रणाली विकास गरेकाले अस्पतालमा बिरामीले गुणस्तरीय सेवा पाउन थालेका छन् ।
कोभिड अस्पतालमा सय भन्दा बढी बिरामी उपचारत रहेको, कोभिड अस्पताल ५ सय बेड संचालनका लागि तयारी अवस्थामा रहेको छ । कोभिड सोधपुछ ११३३ संचालन गरेको, सय बेड आइसीयु संचालन तयारी भैरहेको, इमर्जेन्सी मनिटर र आधुनिक बेडसहित संचालित छ । सर्जिकल भवन पूर्ण (५ सय बेड) रूपमा संचालन तयारी रहेको, बिग्रिएका उपकरण प्रयोगमा आएको, दुवाकोट परियोजना अघि बढिरहेको छ । सीटी स्याक्यान ,एम आर आई, प्याथोलोजी र इमर्जेंसी सेवा चुस्त भैरहेको छ । कर्मचारीले नपाएको कोभिड भत्ता पाएका छन् । लामो समयदेखि नपाएको औषधि खरिद खर्च पाएको, समयमै तलव पाउन थालेको, सेवा बिस्तार भत्ता दिने तयारी भैरहेको देखेर अस्पतालमा सहज वातावरण देखेर लोहनी आउन लागेको कर्मचारीहरु बताउँछन् ।
यता, अस्पतालका सम्पूर्ण चिकित्सक, कर्मचारी ,संघ संगठन र न्याम्स पदाधिकारीले वीर अस्पताल सुधारका बिरोधी र विवादितलाई अस्पतालमा प्रवेश निषेध गर्ने, आन्दोलन गर्ने र अन्तमा कालोमोसो दलेर लखेट्ने तयारी गरेका छन् । साथै मेडिकल माफियासँग उठबस गर्ने डा. लोहनीको गैरकानुनी नियुक्ति र निजको सम्पत्ति छानबिनका लागि आजै प्रधानमन्त्री कार्यालय, सतर्कता केन्द्र, अख्तियार र सम्पत्ति शुद्धिकरण विभागमामा उजुरीसमेत दिने तयारी गरेका छन् ।