Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक सातामा उत्तरले गर्यो दुई ओटा हाइपरसोनिक परीक्षण


    बुधबार, पुष २८ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । उत्तर कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो ।

    सो प्रहार एक हजार किलोमिटर टाढाको निसानामा पुगेको थियो । हाइपरसोनिक हतियारको गति आवाजभन्दा पाँच गुणा चाँडो हुन्छ ।

    नयाँ वर्षको अवसरमा नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा तीव्र बढाउने प्रतिबद्धता जनाएका थिए । मंगलबारको परीक्षणको जापान र दक्षिण कोरिया दुबै देशले विरोध गरेका थिए ।

    प्योङयाङले यसअघि पनि ५ जनवरीमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।

    उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार