Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटनमन्त्री आले चढेको गाडीलाई ठक्कर दिने कारका चालक पक्राउ


    बुधबार, पुष २८ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले चढेको गाडीलाई ठक्कर दिने कारका ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कार चालक पवन कडायतलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। 

    मंगलबार साँझ मन्त्री आले सवार गाडीलाई धनगढीको गेटा विमानस्थलभित्र प्रवेश गर्ने चोकमा कडायतले हाँकेको बा ४ च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो ।

    त्यसअघि प्रहरीका अनुसार मन्त्री आले चढेको गाडीलाई ठक्कर दिनुअघि कडायतले हाँकेको सो गाडीले सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर घाइते बनाएको थियो ।

    त्यहाँबाट भाग्ने क्रममा उच्च गतिमा रहेको कार सीधै मन्त्रीको गाडीमा ठोक्किएको थियो । दुर्घटनामा मन्त्री आले सवार गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार