काठमाडौँ । काठमाडौँ महानगरपालिकाले (१२-१७ बर्ष उमेर समूहका) सबै बालबालिकालाई विद्यालयमै खोप अभियान सुरु गरेको छ ।
पछिल्ल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम तीब्र बढेको र संक्रमितको संख्या पनि दिनहुँ बृद्धि हुँदै गएपछि सबै बालबालिकामा खोप अभियान संचालन गरिएको महानगरको भनाइ छ।
महानगरले खोप अभियान वडा नं १४ मा हिजो मंगलबारदेखि सुरु भएको र आगामी पुष ३० गतेसम्म रहने जनाएको छ। खोप लगाउन सहज होस् भन्नका लागि महानगरले सूचनामार्फत खोप केन्द्र र सम्पर्क व्यक्तिको विवरण समेत राखेको छ।
undefined
साथै, गृह मन्त्रालयले पनि संक्रमण फैलिन नदिन विद्यालयहरुमा आगामी माग १५ गतेसम्म पठनपाठन बन्द गर्न निर्देशन दिँदै उक्त अवधिमा सबै विद्यार्थी र शिक्षकहरुलाई खोप लगाउन आग्रह गरेको छ।