Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा कडाइ, के गर्न पाइन्छ, के पाइदैन ?


    बुधबार, पुष २८ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण दैनिक रूपमा उकालो लाग्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न बन्देज लगाएको छ ।

    काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमणको गति बढ्दै गएको निष्कर्षसहित सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो ।

    काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको आदेशमा ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुनेगरी कार्यक्रम नगर्ने नगराउने’ भनिएको छ । तर, नियमित रूपमा आवश्यक कार्यक्रम गर्नैपर्ने भएमा भने प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने आदेशमा उल्लेख छ ।

    यसैगरी, २५ जना बढी व्यक्ति भेला हुनेगरी कुनै पनि मेला महोत्सव तथा समाजिकलगायतका कार्य नगर्न पनि आदेशमा भनिएको छ ।

    यसैगरी, घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ । यस्तै, १५ माघसम्म शैक्षिक संस्थाहरू भौतिक रूपमा उपस्थित भएर सञ्चालन गर्न रोक लगाइएको छ । तर, पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाइ परीक्षा सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

    यसैगरी ७ माघदेखि कार्यालय, होटल-रेस्टुरेन्ट, सिनेमा हल, पार्कलगायतमा प्रवेश गर्नेहरूलाई कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार