Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २६ पुग्यो


    बिहिबार, असार ११ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत चितवन रत्ननगर निवासी ५० बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    मिर्गौला रोगी ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा। खगेश्वर गेलालले जानकारी दिए ।

    मिर्गौला रोगी बिरामी ती पुरुष अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएलगत्तै कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

    उपचारका क्रममा उनको मृत्यु भएको डा गेलालले बताए । उनी ललितपुर महालक्ष्मी नगरपालिकामा टिकाथलीमा बस्दै आएका थिए । 

    उनीसहित नेपालमा हालसम्म कोरोनाका कारण २६ जनाले ज्यान गुमाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार