काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले चढेको गाडी दुर्घटनामा परेको छ । कैलालीको गेटामा उनी सवार गाडी दुर्घटनामा परेको हो ।
मंगलबार महेन्द्रनगर बिमानस्थलको सिलान्यास गर्न धनगढी बिमानस्थलबाट आइरहेको अबस्थामा गेटा विमानस्थलभित्र छिर्ने चौकमा पुगेका बेला पवन कडायतले हाँकेको बा ४ च १३७७ नम्बरको उच्च गतिमा अनियन्त्रित ढङ्गले चलाएको कारले मन्त्री आले चढेको गाडीलाई ठक्कर दिएको छ । आलेका स्वकीय सचिव हेमन्त रेग्मीले कडायतले चलाएको गाडीले मन्त्रीको गाडीलाई ठक्कर दिएको बताए ।
मन्त्री आले चढेको सु.प.प्र. ०१–००१ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन् । धनगढी विमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडीले ठक्कर दिएको उनले जानकारी दिए ।
ठक्कर दिने गाडीमा सवार सबै सकुशल जनाइएको छ । दुर्घटनामा मन्त्री आले सवार गाडीको अगाडिको भागमा क्षति पुगेको छ । मन्त्री आले भने सकुशल रहेको र उनी आफ्नो गन्तव्यतर्फ लागिसकेको एसपी अधिकारीले जानकारी दिए ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend