Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा उपचार गरेर फर्किए प्रधान सेनापति शर्मा


    मंगलबार, पुष २७ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् । 

    मन्त्रिपरिषद्‌ले बिदा स्वीकृत गरेपछि सेनापति शर्मा उपचारका लागि पुस १८ गते भारतको दिल्ली गएका थिए । 

    भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

    शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार