Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टाइगर कप भलिबल: न्यु डायमण्डसँग आयोजक सोझो सेटमा पराजित


    मंगलबार, पुष २७ २०७८
    425
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा। टाइगर कप दोस्रो आमन्त्रित महिला तथा पुरुष क्लबस्तरीय भलिबल च्याम्पियन सिपमा त्रिभुवन आर्मीको महिला तथा पुरुष टोलीले जित निकालेको छ । विभागीय डर्बी प्रतिस्पर्धामा आर्मीले सशस्त्र प्रहरी बलको टोलीलाई पराजित गरेको थियो । 

    पुरुषतर्फ नेपाल पुलिस क्लब दोस्रो जितसँगै टाइगर कप क्लब च्याम्पियनसिपको उपाधि निकट पुग्दा महिलामा एपीएफ दोस्रो हारसँगै दोस्रो टाइगर कप क्लब च्याम्पियनसिपको उपाधिबाट लगभग बाहिरिएको छ । आर्मीसँग एपीएफ ३–१ को सेटमा पराजित भएको हो ।

    पुरुषतर्फको स्पर्धामा हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको नेपाल पुलिस क्लबले डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सोझो सेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । गण्डकीले पहिलो सेटमा अग्रता जोगाउन नसक्दा पुलिसलाई सुम्पिएको हो ।

    घरेलु कोर्टमा टाइगर ग्रुप अफ पोखराले आफ्नो पहिलो खेल गुमाएको छ । न्यु डायमण्डले आयोजकलाई हराउँदै जारी प्रतियोगितामा दोस्रो जित निकाल्यो । 

    डायमण्डले सोझो सेटमा आयोजकलाई हराएको हो । राष्ट्रिय कप्तान अरुणा शाहीको कप्तानीमा मैदान छिरेको आयोजकले श्रीलंकाबाट खेलाडी भित्र्याएको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार