Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालीकोटमा १९ हजार बढी बालबालिकाले लगाए कोरोनाको पहिलो डोज खोप


    मंगलबार, पुष २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कालीकोट । कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड-१९ विरूद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ।

     लक्ष्यभन्दा ३७२  थप बालबालिकालाई सो खोप लगाइएको हो।

    यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

    कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले भने, ‘१२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड-१९ विरूद्धको मोडर्ना खोप दिएका छौं।  खोप नियमित रूपमा लगाउने व्यवस्था गरेका छौं।’

    जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५४२ जना नागरिकलाई पहिलो र २९ हजार ३७५ जनालाई कोभिड-१९ विरूद्धको दोस्रो मात्रा खोप लगाएको उनले जानकारी दिए। 

    खोप नलिएका १८ वर्षमाथिका  नागरिकलाई  भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएको सूचना अधिकारी महतले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार