काठमाडाैं । नेपालमा धेरै समयपछि एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो।
मंगलबार देशभर ९ हजार ५ सय २२ जना कोरोनाका संक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्।
यस्तै ३१३ जना संक्रमणबाट मुक्त भएका छन्।
यसैगरी काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका छन्।