Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागुऔषध कारोबारमा संलग्‍न भएको आरोपमा प्रहरी इन्स्पेक्टर शाही पक्राउ


    बिहिबार, असार ११ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इक्सपेक्टर) पक्राउ परेका छन् ।

    प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध कारोबारीलाई सहयोग गरेको अभियोगमा इक्सपेक्टर रुद्र शाहीलाई नियन्त्रणमा लिएको स्रोतको दावी छ ।

    शाहीलाई आज  ललितपुर प्रहरी परिसरबाटै नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।

    केही दिन अघि मात्र महानगरीय प्रहरी वृत्त सातदाबाटोबाट प्रहरी परिसर तानिए इन्सपेक्टर शाहीमाथि लागूऔषध कारोबारीसँग नियमित सम्पर्कमा रहेको र उनीहरूलाई सहयोग गरेको आरोप छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार