Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह


    मंगलबार, पुष २७ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ।

    प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ-आफ्नो तर्फबाट प्रतिबद्धता गर्नाका साथै आम नागरिकमा  स्वास्थ्य मापदण्ड अवलम्बन गर्न आग्रह गरेको हो।

    जिल्लाभित्र कोभिड-१९ संक्रमितको संख्या क्रमिक वृद्धि हुँदै गइरहेकाले सबै क्षेत्रलाई जनस्वास्थ्यका मापदण्ड पालना गरी उच्च सतर्कता अपनाउन आह्वान गर्ने निर्णय गरिएको हो।

    सबै स्थानीय तहले आ-आफ्नो पालिकामा बृहत् रूपमा खोप अभियान सञ्चालन गरी नागरिकमा खोप लगाउने व्यवस्था प्रभावकारी रूपमा मिलाउने व्यवस्थाका साथै कोरोना परीक्षणको दायरासमेत बढाउनुपर्नेमा बैठकले जोड दिएको छ।

    कोभिड-१९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सबै स्थानीय तहले स्वास्थ्यका पूर्वाधार, जनशक्ति र अक्सिजनको व्यवस्था गरी पूर्वतयारीको अवस्थामा रहनुपर्नेमा जोड दिइएको छ।

    प्रवाह हुने सरकारी सेवालाई खोप अभियानसँग जोड्न सरकारी कार्यालय एवं सार्वजनिक संस्थानले सेवाग्राहीले कोभिड–१९ विरूद्धको खोप लगाए–नलगाएको यकिन गर्न र खोप नलगाएको पाइएमा लगाउन अनुरोध गर्नुपर्ने जनाइएको छ।

    जिल्लामा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सबै क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गरी उच्च सतर्कता अपनाउन प्रजिअ पाण्डेले अनुरोध गरे।

    जिल्लाभित्र कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण एवं न्यूनीकरण गर्न, जनजीवनलाई सामान्य तुल्याई राख्न, बढी भीड हुने गतिविधि नगर्न, भौतिक दूरी कायम गर्न र मास्क प्रयोग गर्न गराउन पनि अपिल गरिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार