Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए


    मंगलबार, पुष २७ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार ६३ जनालाई कोभिड संक्रमण भएको छ । यो दर सोमबारको तुलनामा ६ दशमलब ४ प्रतिशतले थोरै हो ।

    कोभिडको नयाँ संक्रमण फैलिएसँगै भारतमा कोभिड संक्रमित बढिरहेका छन् । भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २७७ जनाको मृत्यु भएको छ । 

    यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा बसिरहेका छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार