Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?


    मंगलबार, पुष २७ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । 

    बढेको मूल्य अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २३० रुपैयाँ पुगेको छ । गत सोमबार सुन प्रतितोला ९१ हजार ३०० र चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै वृद्धि हुँदै आज ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार