Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाहुना लाग्न गएका ६० वर्षीय बुढाथोकीको हत्या, ८१ वर्षे वृद्ध पक्राउ


    मंगलबार, पुष २७ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको छ ।

    उनकाे हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई प्रहरीले पक्राउ परेकाे छ । प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए ।

    वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ ।

     केही दिनयता मृतक बुढाथोकाे घरमा बस्दै अाएका भुजेल र बुढाथो दुबैलेसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार