मकवानपुर । चट्याङ लागेर मकवानपुरमा दुई जनाको मृत्यु भएको छ।
बुधबार राति पौने नौ बजे बकैया गाउँपालिका २ कालापानीमा आआफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर १७ वर्षीया सम्झना घिसिङ र २५ वर्षीया बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चट्याङ लागेर सम्झना घिसिङको घटनास्थलमै मृत्यु भयो भने बिना घिसिङ घाइते भएकी थिइन्। थप उपचारका लागि उनलाई स्वास्थ्य चौकी लगिएको थियो। उनको उपचारको क्रममा साढे नौ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर अर्का १४ वर्षीय किरण जिम्बा समेत घाइते छन्। उनको अवस्था भने सामान्य रहेको र उपचार भइरहेको कार्यालयले जनाएको छ ।