Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’को तयारी


    मंगलबार, पुष २७ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ ।

    यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।

    कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको छ । गोरखापत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार