Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छाको मृत्यु


    बिहिबार, असार ११ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरको एक गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छा मरेका छन्।

    महानगरीय प्रहरी वृत्त, जगातीका डिएसपी चक्रराज जोशीका अनुसार बुधबार राति पौने १२ बजे भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने ३० वर्षीया पार्वती थापाको गोठमा आगलागी भएको हो।

    कुडो पकाउने क्रममा चुल्होबाट आगो सल्किएर घर अगाडि जस्ताले बारेको एक तले कच्ची गोठमा आगलागी भएको हो।

     

    स्थानीय मिलेर आगो निभाएका प्रहरीले जनाएको छ।

    ‘प्रहरीलाई आज बिहान मात्रै खबर आयो। आगो स्थानीयले नै मिलेर निभाएका थिए,’डिएसपी जोशीले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार