Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामुदायिक विद्यालयको जग्गा व्यक्तिलाई, भू–माफिया र नापीदेखि मालपोत कार्यालयसम्मका गिरोह सक्रिय


    मंगलबार, पुष २७ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धनुषाको जनकपुरधाम उप– महानगरपालिकाको एक सामुदायिक विद्यालयको ३ बिघा १५ कट्ठा ५ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएको रहस्य बाहिरिएको छ।

    वडा–२१ कुर्थास्थित राजर्षि जनक माध्यमिक विद्यालय र विद्यालयको हकभोगमा रहेको सम्पूर्ण सम्पत्ति व्यक्तिका नाममा दर्ता भएको फेला परेको छ।

    वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालय र विद्यालयको हकभोगमा रहेको उक्त जग्गा वडा–२१ बस्ने रामलखन महासेठ, श्यामसुन्दर महासेठ, सुरेन्द्र महासेठ र उपेन्द्र महासेठको नाममा संयुक्त दर्ता भएको फेला परेको हो।

    उक्त जग्गा र पोखरी व्यक्तिका नाममा पार्न महासेठसहित भू–माफिया र नापीदेखि मालपोत कार्यालयसम्मका गिरोह सक्रिय रहेको स्रोतको भनाइ छ।

    साबिकको कुर्था गाविस–८ हाल जनकपुरधाम उपमहानगर–२१ को कित्ता नम्बर ५३ को उक्त जग्गामा विद्यालयको स्थापना काल २०१७ सालदेखि अविच्छिन्न रूपमा विद्यालय भवन रहेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार