Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द


    मंगलबार, पुष २७ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काेभिड-१९ काे संक्रमण उकालाे लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेकाे छ ।

    २५ पुसकाे सिसिएमसिसीकाे सिफारिस र त्यसकाे भाेलिपल्ट शिक्षा मन्त्रालयकाे निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएकाे हाे । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएकाे छ ।

    बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

    सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा काेभिडकाे जाेखिम बढेपछि यस्ताे निर्णय लिनुपरेकाे बताउँछिन् । साथै शिक्षा मन्त्रालयले बिदाकाे अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुराेध गरेकाे छ । 

    ललितपुरमा आजदेखि बालबालिकालाई खाेप लगाइँदैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार