Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विषालु च्याउँ खाँदा चार जना बेहोस


    बिहिबार, असार ११ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङमा विषालु च्याउँ खाँदा चार जना बेहोस भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार राप्ती गाउँ पालिका वडा नं. २ बराहखुटी निवासी वर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना रावत, सोही वडाका ५० बर्षीय टीका कुमाल, २२ बर्षीय सरस्वती कुमाल, १७ बर्षीया सुस्मिता कुमाल र तीन बर्षीया कृतिका कुमाल बेहोस भएका हुन्।

    उनीहरुले बुधवार मध्यान्ह १२ बजे घर नजिकै रहेको खेतमा भेटिएको च्याउ खाएपछि विरामी परेका हुन् । उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

    यो समाचार तयार पार्दा सम्म दुई जनाको मात्र होस् आएको र बाँकि बेहोसी अवस्थामै रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार