Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य, २५ जनाभन्दा बढी भेला हुन नपाइने


    सोमबार, पुष २६ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढिरहँदा गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने निर्णय गरेको छ । 

    निर्णय कार्यान्वयका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आइतबार गरेका सिफारिसहरु कार्यान्वयन गर्न गृहले निर्देशन दिएको हो । 

    गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भनेको छ । गृहले सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न भनेको छ ।  

    यस्तै, सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले माघ ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न भनेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार