Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फोनिज प्रदेश १ को महाधिवेशन मन्त्री आङबोले उद्घाटन गर्ने


    सोमबार, पुष २६ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तेह्रथुम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर १ को प्रादेशिक महाधिवेशनको तयारी पुरा भएको छ । यही मंगलबार र बुधबार मोरङ पथरीमा र हुन गइरहेको महाधिवेशन प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले उद्घाटन गर्ने छन् । 

    ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराको साथ दोस्रो प्रादेशिक महाधिवेशन सम्पन्न हुन गइरहेको महासचिव विदुर खवासले जानकारी दिए । 

    महाधिवेशनमा धिमाल जातीको कला संस्कृतिका साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगडलगायतको सांस्कृतिक झाँकी प्रदर्शन गरिने भएको छ । महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार