Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु


    बिहिबार, असार ११ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो।

     

    सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा र छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार