Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विशाल इट्टा भट्टाको पर्खालबाट खसेर एक मजदुरको मृत्यु, दुई जना घाइते


    सोमबार, पुष २६ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी।सप्तरीको रुपनीस्थित रहेको विशाल इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा इट्टा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन् । गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिएका छन् । 

    घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रवक्ता काफ्लेले भनाई रहेको छ । उनले भने, ‘घाइतेको उपचारमा भट्टा मालिक सहयोग गरिरहेको छ । घटनाको मुचुल्का उठाइसकेको छ । अनुसन्धान भइरहेको छ ।’न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार