Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २५ पुग्यो


    बिहिबार, असार ११ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । कोरोना भाइरसकाकारण नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आयईसियूमा उपचाररत स्याङ्जा, सिरूवारी निवासी एक ५५ वर्षिय पुरूषको बुधबार राति ११:३५ उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।प्रतिष्ठानद्वारा जारी विज्ञप्तिका अनुसार मृतकलाई असार ८ गते आइसियूमा भर्ना गरिएको थियो।प्रतिष्ठानले ती पुरूष कोभिड १९ सहित सिभर निमोनिया तथा डायबिटिजबाट पीडित भएको जनाएको छ।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार