Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय, बालबालिकालाई खोप लगाउन आग्रह (पत्रसहित)


    सोमबार, पुष २६ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

    मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन सिफारिस गरेको छ। 

    सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

    आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज मन्त्रालयले निर्णय गरेको हो ।

    मन्त्रालयले बिदाको अवधिमा पनि विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।

    edu.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार