Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोल्पामा सुनिए समयका १७ कविताहरू


    सोमबार, पुष २६ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुगु । सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ’समयका कविता शीर्षक’मा १७ कविहरूले कविता वाचन गरेका छन् । प्युठानका घनश्याम अस्तित्वबाट सुरु भएको कविता वाचन रोल्पाका दिलीप कुँवरमा आएर टुङ्गिएको हो । पाल्पाका कवि जनक कार्कीले बिजुलीको खम्बा शीर्षकमा कविता वाचन गरे भने रामेछापका कवि विक्रम पवन परियारले आवाज शीर्षकमा कविता वाचन गरे । 

    राजु झल्लु प्रसाद (बिम्ब परिवर्तन गर कवि हो), अर्पण उत्कर्ष (लालसलाम र ताम्सालिङ), प्रेम प्रकाश मायालु (आगो लिन गएकाहरू), सविना भुषाल (मेरी मरियाना,  छोरा जन्माउन कहाँ सजिलो छ र?), युग सर्वनाम (खोलाको गति), समृद्धि नेपाल (हाम्रो देश बोल्छ), सुशीला सुवेदी(आमा, अझै पनि याद छ मलाई), विपना मगर (कठै मेरो देशको राजनीति), एलबी साथी(सिटामोल), उत्तम लिम्बु  (कन्डम फुटेपछी), मुकुन्द्र खलपात्र (अर्धनग्न सगरमाथा) शीर्षकका कविता वाचन गरेका थिए ।

    महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको यश सेसनमा कविहरूले क्रान्तिको इपिसेन्टर रोल्पाले १० वर्षे जनयुद्धको मर्मलाइ बिर्सनु नहुने उद्घोष गरे । अग्रज कविद्वय श्रवण मुकारुङ र श्यामलले युवा कविहरूमा आशालाग्दो तरिकाले कविता लेखिरहेको बताए । समालोचक एवम् पत्रकार राजकुमार बानियाँले युवा कविहरूमा समसामयिक एवम वैश्विक राजनीति चेत देखिएको आफू खुसी भएको बताए । 

    कविता वाचनको सेसनमा स्थानीय रोल्पालीहरूको पनि बाक्लो उपस्तिथि रहेको थियो भने स्थानीय जनप्रतिनिधिहरू पनि उपस्थित भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार