काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बारे नेपाल कम्युनिष्ट पार्टीभित्र तीव्र विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओली अघिल्ला सरकारले सम्झौता गरेकाले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य भीमबहादुर रावल लगायतका नेताहरु एमसीसी कुनै हालतमा पास गर्नै नहुने भन्दै बिरोधमा छन् ।
यसैक्रममा एमसीसीको बारेमा निर्णय गर्न बुधबार नेकपा स्थायी समिति बैठक बसेको थियो । उक्त बैठकमा एमसीसीका बारेमा छलफल भइरहँदा माइतीघरमा अनेरास्ववियूकै नेताहरु बिरोध प्रदर्शन गरिरहेका थिए । अनेरास्ववियुका केन्द्रीय सदस्यहरु बालकुमार केसी, योगेन्द्रबहादुृर बुढा, पवन कार्की, राजेश मैनाली लगायतले सामाजिक संजाल फेसबुक र ट्वीटर मार्फत् माइतीघर मण्डलामा एमसीसीबिरुद्ध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।
यी सबै नेकपामा तत्कालीन अखिल क्रान्तिकारीबाट एकता प्रक्रियामा आएका हुन् । उनीहरुले बिरोध प्रदर्शनमा जान आह्वान गर्दै अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतलाई पनि ट्याग गरेका छन् । एमसीसीको बिरुद्ध अनेरास्ववियुकै त्यो पनि तत्कालीन क्रान्तिकारीका नेताहरु नै सडकमा आउनुले यसमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डकै निर्देशन त रहेको छैन भन्ने अनुमान पनि कतिपयले लगाएका छन् ।
एमसीसीको बिरुद्ध हुने प्रदर्शनीमा भाग लिन आह्वान गर्ने राजेश मैनाली खानेपानी तथा सरसफाइ मन्त्री विना मगरको सचिवालयमा कार्यरत छन् । उनी अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका सहसंयोजक हुन् । मन्त्रीकै सचिवालयमा काम गर्ने कर्मचारीले समेत एमसीसीको बिरोध जुलुसमा सहभागी हुन आह्वान गर्नुले ओली सरकार बिरुद्ध आफ्नै मन्त्रीसेमत लागेको देखिए बिरुद्ध आफ्नै मन्त्रीसेमत लागेको देखिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend