Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काबुल विमानस्थलमा अभिभावकबाट छुटेका बालक पाँच महिनापछि यसरी परे फेला


    सोमबार, पुष २६ २०७८
    425
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । काबुलमा यही अगस्टमा आफ्ना अभिभावकबाट छुटेका दुई वर्षीय बालकको पाँच महिनापछि परिवारसँग मिलन भएको छ । १५ अगस्टमा तालिवानले अफगान सत्ता कब्जामा लिएपछि प्रायः अफगानी देश छोड्न खोजिरहेका थिए । देश छोडेर हजारौं मानिस विमानस्थल जाने क्रममा भिडभाड बढेपछि दुई महिनाका बालक सोहिल अहमादीलाई काबुल विमानस्थलको तारबारबाट एक जना अमेरिकी सेनालाई हातमा समाउन दिइएको थियो । 

    अमेरिक दूतावासमा सुरक्षाकर्मीको रुपमा काम गरेका उनका बाबु भिर्जा अली अहमद, आमा सुराया र उनीहरुका अरु चार जना काबुल छोड्ने अमेरिकी विमानको एउटा उडानमा चढिसकेका । उनीहरुले सोहिल देखेनन् । सोहिलको खोजी भयो, तर भेटिएनन् । विमान अमेरिकातर्फ उडिहाल्यो । छोरा कहाँ छुटे उनीहरुलाई केही थाहा भएन् ।

    हराएको सानो बालकका कारण उनीहरु महिनौं तड्पिएर बाँचे । तर, रोयर्टसको एउटा समाचारमा हराएका ती बालकबारे एउटा विवरण सार्वजनिक भयो । 

    सोहिलबारे परिवारको खोजी भन्ने शीर्षकमा रोयर्टसको समाचार विवरणपछि यही नोभेम्बरमा ती बालक २९ वर्षीय ट्याक्सी ड्राइभर हमिद साफीको घरमा फेला परेका थिए । 

    विमानस्थलको एउटा मैदानमा रोइरहेका अवस्थामा साफीले बालकलाई देखेका थिए । बालकका परिवार खोज्ने क्रममा उनले सोहिललाई आफ्नो घरमा लगे । लामो खोजी गरे । बालकको जिम्मा लिने कोही भेटाएनन् । त्यसपछि सोहिललाई आफ्नै सन्तान झैं गरेर पाल्ने निधो गरे । 

    श्रीमतिसँग सल्लाह गरेर उनले बालकको नाम मोहमद अबेद राखे । आफ्ना सन्तानसहित सोहिलको तस्विर पनि आफ्नो फेसबुक पेजमा राखे । 

    आफ्नो नाती जिवितै फेला परेको  थाहा पाएपछि उनका हजुरबुबा क्वासेम रजवी उत्तरपूर्वी प्रान्त बादक्सानबाट लामो यात्रा गरेर साफीको घर पुगे । तर, साफीले सोहिललाई दिन मानेन् । बरु आफू र आफ्नो परिवारलाई पनि अमेरिका लगिनु पर्ने माग गरे । 

    ४९ दिन लामो वार्ता  तथा छलफलपछि तालिवान प्रहरीले दुई परिवारबीचको समस्या समाधान गर्‍याे । सहमतिबमोजिम  शनिबार साफीले  हजुरबुबालाई बालक फिर्ता गरिदिए । आफ्नो सन्तान पाँच महिनापछि फेला परेकोमा उनका आमाबाबु निकै खुसी छन्, यद्यपी उनीहरु अमेरिकामा नै छन् । ‘उनीहरु अहिले नाच गान गरेर रमाएका छन्,’ उनका हजुरवुवाले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार