पोखरा। नेकपा एमालेको १०औँ जिल्ला अधिवेसन अन्तर्गत कास्कीमा सहमतिको प्रयास तोडिएको छ । धेरै पटकसम्म नेतृत्व टोलीले सहमतिमा कमिटी गठन गर्ने प्रयास गरेपनि त्यो असफल भएको हाे । जिल्ला अध्यक्षका लागि दुई जनाले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन् । मनोनयनपछि पनि सहमति खोजिएको थियो ।
आज मतदानको कार्यतालिका छ । सहमतिको लामो प्रयास असफल भएपछि अन्ततः मतदानमा धकेलिएको हो । कार्यवहाक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीले अध्यक्षमा उम्मेद्वारी दिएका थिए । उनीहरुले छुट्टाछुट्टै प्यानल खडा गरेका छन् ।
उपाध्यक्षमा बैरागी प्यानलमा प्रभा कोइराला र गुरुङ प्यानलबाट तेजनारायण अधिकारीले मनोनयन दर्ता गरेका छन् । सचिवमा गुरुङ प्यानलबाट विष्ण केसी र बैरागी प्यानलबाट बैनबहादुर अधिकारी क्षेत्री तथा सहसचिवमा २-२ जनाको उम्मेदवारी परेको छ ।
बैरागी प्यानलबाट नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) तथा गुरुङ प्यानलबाट इमानराज पौडेल र सुनमाया भुजेलको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।
जिल्ला सदस्यमा मादी र रुपा गाउँपालिकाबाट सर्वसम्मत चयन भएको छ । केन्द्रमा सबै अध्यक्ष केपी ओली गुटका भए पनि प्रदेश तहमा उनीहरु विभाजित छन् । गुरुङ पृथ्वीसुब्बा गुरुङको प्यानललाई हाँकिरहेका छन् भने बैरागीले खगराज अधिकारीको समूहलाई नेतृत्व गरेका छन् ।
यहाँ मतदानका लागि ९ सय १४ मतदाता छन् । ७२ वडा रहेको कास्कीमा भूगोल, संघसंगठन र शुभेच्छुक संस्थाबाट मतदाता छानिएका हुन् । यो चुनावले केन्द्रमा सकिएको भनिएको गुटको विजारोपण पछि गर्दैछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend