काठमाडौं । आज बिहिवार बिहानै गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । संक्रमितहरु स्याङजाका १ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना, म्याग्दीका ६ जना र,वाग्लुङका २ जना भएको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।
