Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन 


    सोमबार, पुष २६ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

    युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्रमुख लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ । ’

    कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो । जीआइएसएआईडी एउटा अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ ।

    नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार