Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली ठोक्ने आदेश दमनको परकाष्ठ’


    सोमबार, पुष २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाकस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् ।

    मध्यएसियाली देश कजाकस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीविरुद्ध सरकारले चरम दमन गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको भनाई सार्वजनिक भएको हो ।  

    ‘कजाकस्तानमा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको अमेरिकाले निन्दा गर्छ । सरकारले प्रदर्शनकारीलाई गोली ठोक्न सुरक्षाकर्मीलाई आदेश दिएको छ । यो गलत आदेश हो,’ उनले भने । 

    मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिनु दमनको परकाष्ठ भएको उनले बताए । 

    कजाकस्तानको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको बताउदै उनले सरकारले प्रदर्शनकारीको अधिकार रक्षा गर्न माग गरेका छन् ।

    प्रहरीको गोली लागेर मूल्य बृद्धिको विरोधमा उत्रिएका १६० प्रदर्शनकारीको मृत्यु भएको छ भने पाँच हजार ८०० जना पक्राउ परेका छन् । त्यस्तै, दोहोरो झडपमा १६ सुरक्षाकर्मी मारिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार