Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम: सुदूरपश्चिमसहितका क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने


    सोमबार, पुष २६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव  छ । बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसो सुदूरपश्चिम र कर्णालीका केहि स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

    राति सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । सम्भावना रहेको छ।

    मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार