Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः प्रथम विश्व युद्धको औपचारिक अन्त्यदेखि राष्ट्रसंघको महासभाको पहिलो वैठक


    सोमबार, पुष २६ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज १० जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

    राष्ट्रसंघको महासभाको पहिलो वैठक
    सन् १९४६ को १० जनवरीमा संयुक्त राष्ट्रसंघको महासभाको पहिलो वैठक बसेको थियो । बैठकमा ५१ देशका प्रतिनिधिहरुको उपस्थिति थियो ।

    चर्चित हास्य पुस्तक प्रकाशन
    सन् १९२९ मा हास्य पुस्तक एडभेन्चर अफ टिनटिन प्रकाशित भएको थियो । सो पुस्तक युरोप र संसारका अन्य भागमा निकै चर्चित बनेको थियो ।

    प्रथम विश्व युद्धको औपचारिक अन्त्य
    सन् १९२० को १० जनवरीमा ट्रिटी अफ भर्साईल्समा हस्ताक्षर भएको थियो । पहिलो विश्व युद्ध अन्त्यका लागि सन् १९१८ को ११ नोभेम्बरमा युद्धविराम भएको थियो । तर भर्साईल्स सन्धीपछि मात्र सो युद्ध औपचारिक रुपमा अन्त्य भएको थियो ।

    लिग अफ नेसन स्थापना
    सन् १९२० को १० जनवरीमा लिग अफ नेसन स्थापना भएको थियो । पहिलो विश्वयुद्धमा जितेका गठबन्धन राष्ट्रहरुको पहलमा अन्तर्राष्ट्रिय सहकार्यका लागि लिगको स्थापना भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार