काठमाडौं । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले आफ्नो ३१ औं साधारण सभा तथा १५ औं अधिबेशन संपन्न गरेको छ । ओरेक महिला अधिकारप्रति समर्पित एवम् लैङ्गिक समानता र सामाजिक न्यायका निम्ति संघर्षरत गैरनाफामुलक राष्ट्रिय गैरसरकारी संस्था हो ।
यसको स्थापना २०४७ चैत्र १९ मा भएको हो । ओरेकले महिला माथि हुने हिंसा, यसका कारण र परिणामको रोकथाम र महिला तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितता तथा सामाजिक न्यायमाथिको पहुँचको प्रवर्धन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको छ ।
ओरेकले आज नयाँ बानेश्वरस्थित इन्द्रणी कम्पेलेसमा ३१ औ साधारण सभा तथा १५ औं अधिबेशन संपन्न गरेको छ । साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित बोर्डमा चयन हुनु हुनेहरुमा अध्यक्ष डा. रेनु अधिकारी, उपाध्यक्ष निर्मला पाष्डे , सचिव सबिता पोखरेल, कोषाध्यक्ष इन्द्रावती नेवाङ चयन हुनुभएको छ । त्यसैगरि संचालक समिति सदस्यहरुमा डा. रोजी जोशी,पद्मा चौधरी, सूर्यकुमारी गुरुङ, रिता कुमारी शाह र संगीता अधिकारी चयन हुनुभएको छ । संस्थाले महिला अधिकारको क्षेत्रमा ३१ बर्ष काम गरिसकेको छ ।