लमजुङ । नेकपा एमाले लमजुङको ८औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनी बाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन ।
सातौं अधिवेशनको ९ वर्षपछि भएको आठौं अधिवेशनले अधिकारी निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारीका लागि भने निर्वाचन हुने देखिएको छ । उपाध्यक्ष पदका लागि दुई जना, सचिव पदमा दुई जना र उपसचिवमा सात जनाको उम्मेदवारी परेको छ ।
पाँच जना पदाधिकारीमा एक जनामात्रै महिलाको उम्मेदवारी परेको छ । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई जना गरी पाँच जना रहेकोमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीमा दर्ता गरिएका १२ जना मध्ये अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् भने एक जनामात्रै महिला उम्मेदवार छन् ।
उपाध्यक्ष पदका लागि अखिल नेपाल महिला संघ (अनेमसंघ)की जिल्ला अध्यक्ष यशोदा रिमालले उम्मेदवारी दर्ता गराएकी हुन् । उपाध्यक्ष बाहेक अरू कुनै पनि पदमा महिलाले उम्मेदवारी दिएका छैनन् । उपसचिवमा सात जनाले उम्मेदवारी दिएकोमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन ।
उपाध्यक्षमा बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष एवं युवा संघका केन्द्रीय सचिव गोविन्द बस्नेतले पनि उम्मेदवारी दिएका छन् । सचिवमा सुभाष पौडेल र राजेन्द्र बोहराले उम्मेदवारी दिएका छन् । उपसचिवमा कृष्ण केसी, रामचन्द्र भट्ट, जितबहादुर गुरुङ, हिरालाल विक, जनकराज मिश्र, विवश बुढाथोकी र जीवराज घलेको उम्मेदवारी दर्ता भएको नेकपा एमाले लमजुङ ८औं अधिवेशन निर्वाचन कमिटीले जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend