धनगढी । मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरुले तोडफोड गरेका छन् ।
आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरुले नाराबाजी गर्दै मतदान स्थल (ऋद्धिसिद्धि पार्टी प्यालेस)को हलमा कुर्चि तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधीहरुले सो समितिलाई राजीनामा दिन माग गरिरहेका छन् ।
निर्वाचन समितिका पदाधिकारीले भने मतपत्र छपाइमा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । ‘पानी परेका कारण उम्मेदवारी दर्ता प्रक्रिया केही लम्बियो,’ एमाले अधिवेशन कैलालीका मुख्य निर्वाचन अधिकृत चक्रराज तिमिल्सिनाले भने, ‘ढिला उम्मेदवारी दर्ता हुँदा मतपत्र छपाइ गर्न ढिलाई भयो, जसका कारण समयमै मतदान हुन सकेन ।’
कैलालीमा एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । रतन थापा समूहले रातिनै भएपनि मतदान गरिनुपर्ने अडान लगेको छ, भने चन्द पक्षले भोलि बिहानदेखि मात्रै मतदान हुनुपर्ने अडान राखेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend