काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला दिन नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरमा १२ हजार ६३२ नमूना परीक्षण गर्दा ११ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसअघि हिजो ९४४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा २२४ जना संक्रमणमुक्त भएका छन् । यसअघि हिजो २९७ जना डिस्चार्ज भएका थिए।यसैगरी, आज आइतबार कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०४ पुगेको छ।
हाल देशभर ६,७५५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।