Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले जिल्ला अधिवेशन : प्रतिनिधि सडकमा कठ्याग्रिँदै, नेता न्यानो कोठाभित्र सहमति खोज्दै


    आइतबार, पुष २५ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाजुरा । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन अन्य जिल्लामा जस्तै शुक्रबारबाटै सुरू भएको छ । तर तेस्रो दिन पनि नेतृत्व चयन हुन सकेको छैन । 

    नेतृत्व चयनका लागि सहमतिको प्रयास भन्दै नेताहरू न्यानो कोठाबाट बाहिर निस्केका छैनन भने प्रतिनिधिहरू चिसो सडकमा कठ्याङ्ग्रिन बाध्य छन् । पुसको सिमसिम पानीमा प्रतिनिधिहरू सडकमा नेताहरूको आदेशको पर्खाइमा छन् । २२ पुसमै सदरमुकाम पुगेका प्रतिनिधिहरू दिनहुँजसो सडकमा यत्रतत्र भौतारिरहेको मात्रै देखिन्छन् ।

    प्रतिनिधिहरूका अनुसार महाधिवेशन लम्बिदा खर्च सकिन थालेको छ । चिया खाजा खाने पैसासमेत नभएपछि दिनभर सडकमै गफ गरेको बस्न थालेको उनीहरूको भनाइ छ । यता, नेताहरू आन्तरिक छलफल भन्दै चिसोको डरले न्यानो कोठाबाट बाहिर निस्केका देखिदैनन् । शनिबार बन्दसत्र सम्पन्न गर्नुपर्ने पार्टीको पूर्वघोषणा थियो । तर आइतबारसम्म पनि बन्दसत्र सुरू भएको छैन । 

    आकांक्षी धेरै भएका कारण सहमति हुन नसकेको हो । एक जना अध्यक्ष पदका लागि चार जनाको उम्मेवारी छ । एमालेभित्र पनि दुई वटा गुटको हालिमुहाली हुँदा कसलाई सहमति गर्ने भन्ने टुगांै लाग्न नसकेको प्रतिनिधिहरूको गुनासो छ । 

    एमालेका स्थानीय कमिटी सदस्य कर्णबहादुर थापाको प्यानलमा लालबहादुर ओली रहेका छन् । भने सांसद लालबहादुर थापाको प्यानलबाट कालिबहादुर शाहीले अध्यक्ष दाबी गरिरहेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार